कोरोनाविरुद्धको १५ लाख बुस्टर डोजः सरकारको प्राथमिकतामा को पर्छन् ? काठमाडौं, ११ फागुन। सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरु र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ। गत सोमवार खोप नेपाल आएको थियो। ‘खोपका लागि ग्लोवल एलायन्स’(गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई प्र्रदान गरेको थियो। बुस्टर डोज लगाउन बाँकी नागरिकलाई पनि प्राथमिकताका राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्