अब काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतिमा सवारीसाधन चलाउन नपाइने काठमाडौं, ११ फागुन। अबदेखि काठमाडौं उपत्यका भित्रका सडकमा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतिमा सवारीसाधन चलाउन नपाइने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त गति निर्धारण गरेको हो। कार्यालयका अनुसार कलंकी–कोटेश्वर सडकको फ्रास्ट ट्रयाकमा बढीमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा बढीमा प्रतिघण्टा २० किलोमिटर गति तोकिएको छ। यस्तै, कोटेश्वर–भक्तपुर सडकमा बढीमा प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्