नेपाल निरन्तर युक्रेनको पक्षमा, राष्ट्रसंघमा रुसले युक्रेनमाथिको आक्रमण रोक्नुपर्ने पक्षमा गर्यो मतदान
काठमाडौं, १२ फागुन। संयुक्त राष्ट्रसंघको महासभामा बिहीबार पेश भएको रुसले युक्रेनमाथिको आक्रमण बन्द गर्नुपर्ने प्रस्तावको पक्षमा नेपाललगायत १४१देशले मतदान गरेका छन्। बहुमत सदस्यले पक्षमा मतदान गरेपछि प्रस्ताव पास भएको छ। प्रस्तावको विपक्षमा रुस,बेलारुस, उत्तर कोरिया,सिरियालगायत ७देशले मतादन गरेका थिए। मतदानमा चीन, भारतलगायत ३२देश तटस्थ बसेका थिए। प्रस्तावमा रुसी आक्रमणको भत्र्सना गर्दै तत्काल युद्ध रोकी आफ्ना सेना युक्रेनबाट हटाउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस्