युक्रेनमाथि रुसी आक्रमणको एक वर्षः पौने २ करोड युक्रेनीले छोडे देश, ८ हजारभन्दा बढी सर्वसाधरणको मृत्य काठमाडौं, १२ फागुन। रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको आज एक वर्ष पुरा भएको छ। रुसले २०२२ फेब्रुअरी २४ बाट युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। यो अवधिमा रुसी आक्रमणका कारण एक करोड ८६ लाख युक्रेनीले देश छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ। युद्धका कारण ८ हजारभन्दा बढी सर्वसाधरणको मृत्यु र १३ हजार २ सयभन्दा बढी घाइते भएको राष्ट्रसंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्