चार दलको बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्न सकेन, बेलुकी पाँच बजे बैठक फेरी बस्ने
काठमाडौं, १२ फागुन। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठक बिना निस्कर्ष टुङ्गीएको छ। राष्ट्रपति उम्मेदवार चयन र पुरानो गठबन्धन ब्युँताउन बसेको बैठक बेलुकी पाँच बजे फेरी बस्नेगरी टुङ्गीएको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालका शिर्ष नेताहरु सहभागी थिए। ‘छलफल सकारात्मक छ, हामी टुङ्गोमा पुग्नेछौं,’बैठकमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले भने।
प्रतिक्रिया दिनुहोस्