कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने काठमाडौं, १२ फागुन। प्रधानमन्त्री निवासमा आज बसेको चार दलीय बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ। ‘हाम्रो ध्यान र प्राथमिकता राष्ट्रपति निर्वाचनका बारेमा नै छ। नेपाली कांग्रेसले राष्ट्रपतिमा अन्य राजनीतिक दलहरुको सहयोग पाउँछ भन्ने अपेक्षा राखेको छ,’बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले भने। बैठकमा अन्य दलहरुले पनि कांग्रेस बाहेकका दलका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान लिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्