काठमाडौंमा रहेका ११ देशका दूतावासले संयुक्त विज्ञप्ति जारी गर्दै भने– युक्रेनको स्वतन्त्रताका पक्षमा उभिन्छौं
काठमाडौं, १२ फागुन। काठमाडौंस्थित ११देशका दूतावासले आज संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु युक्रेनको स्वाधीनता, शान्ति र स्वतन्त्रताका पक्षमा उभिएको बताउका छन्। विज्ञप्ति जारी गर्नेमा काठमाडौंस्थित अमेरिका,बेलायत जापान, जर्मनी,नर्वे, अष्ट्रेलिया, युरोपेली युनियन, फिनल्याण्ड, फ्रान्स, दक्षिण कोरियाको दूतावास र युक्रेनको अवैतनिक महावाणिज्य दूतावास रहेका छन्।‘आफ्नो देशलाई ध्वस्त पार्ने रुसको प्रयत्नलाई रोकेपछि युक्रेनी जनता पहिलेभन्दा पनि गर्वित र साहसिला बनेका छन्,’विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्