गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालन गर्न माग
काठमाडौं, १२ फागुन। नेपाली कांग्रेसका संसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल संचालनमा ल्याउन सरकारसँग माग गरेका छन्। १४ वर्षअघि नेपाल–भारतबीच सो नाका संचालन गर्ने सहमती भएपनि त्यसलाई अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति जनाए। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बौल्दै उनले नाका सञ्चालनका लागि भारत सरकारसँग पनि आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस्