एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छः एमाले अध्यक्ष ओली
काठमाडौं, १२ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गरेका छन्। शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपति एमालेको हुनेकुरा पुस १०गते भनिसकेको बताए। गठबन्धनमा देखिएको खपपटबारे आफूलाई थाहा नभएको उनले जनाए।‘राष्ट्रपति एमालेको हुन्छ भन्नेकुरा त हामीले पुस १० गते नै भनेका हौं। अरु घटनाक्रम हामीलाई थाहा छैन,’उनले भने।
प्रतिक्रिया दिनुहोस्