राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मकः कांग्रेस प्रवक्ता महत काठमाडौं, १२ फागुन। नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएका छन्। शुक्रवार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको जनाए।कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरु सकारात्मक रहेको दाबी उनको थियो।उनले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिका लागि योग्य भएको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्