राज्यका निकाय गैरजिम्मेवार हुनु जनतामाथिको अपराध होः तोषिमा कार्की
काठमाडौं, १२ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोषिमा कार्कीले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गरेकी छन्। शुक्रवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएकी थिइन्। राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभइ आम जनतामाथिको अपराध भएको उनले बताइन्।
प्रतिक्रिया दिनुहोस्