राष्ट्रपतिका लागि तानातान गर्ने बेला होइनः जनार्दन शर्मा काठमाडौं, १२ फागुन। नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभइ सहकार्य र सहमति हुनुपर्ने बताएका छन्। शुक्रवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली कांग्रेस लगायत अन्य दलहरुले सहमति गरेर अघि बढ्न आवश्यक रहेको जनाए। आज साँझ बस्ने माओवादी केन्द्र,नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीचको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुङ्गो लाग्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्