भैरहवा विमानस्थल सञ्चालनगरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न सांसदको माग
काठमाडौं, १२ फागुन। भैरहवा विमानस्थल सञ्चालनगरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न नेकपा एमालको सांसद वासुदेव घिमिरेले माग गरेका छन्। शुक्रवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विमानस्थल निर्माण भएको एक वर्ष पूरा हुँदा समेत पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको बताए। केहीअघि विमानस्थलमा हप्ताको दुईवटा उडान भएपनि अहिले बन्द भएको उनले जनाए
प्रतिक्रिया दिनुहोस्