कांग्रेसले संसदमा प्रस्तुत हुने विशेष विधेयकको छलफलअघि सांसदहरुलाई विषयविज्ञबाट परामर्श दिने काठमाडौं, १२ फागुन। नेपाली कांग्रेसले संसदमा प्रस्तुत हुने विशेष विधेयकहरुमा छलफल गर्नुअघि आफ्ना सांसदहरुलाई विषयविज्ञ बोलाएर जानकारी गराउने भएको छ । शुक्रवार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका सांसद उदयसमशेर राणाले संसदमा पेस हुने विधेयकहरु प्राविधिक विषयका हुने र सांसदहरु अनविज्ञ हुने भएकाले संसदमा बोल्नुअघि जानकारी गराउने उद्देश्यले सो व्यवस्था गरिएको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्