मोबाइल फोनको आयात करिव ५० प्रतिशतले घट्यो, सात महिनामा नेपाल भित्रिए पौने १५ अर्बको मोबाइल काठमाडौं, १२ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना(साउन–माघ)मा नेपालले विभिन्न देशबाट १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार रुपैयाँको मोबाइल फोन सेट आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा १० लाख ५हजार १३५थान मोबाइल सेट नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले २८अर्ब ३८करोड ५६लाख २७हजार रुपैयाँको मोबाइल फोन सेट आयात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्