आठ दलको बैठकः राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय काठमाडौं, १२ फागुन। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। बैठकमा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका शिर्ष नेता उपस्थित थिए।‘आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेको उम्मेदवारलाई समर्थन गर्ने सर्वसम्मतिले निर्णय गर्यो,’कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्