नेपालले सात महिनामा आयात गर्यो साढे ५५ अर्बभन्दा बढीको कच्चा पाम, भटमास र सनफ्लावर तेल काठमाडौं, १४ फागुन। नेपालले पछिल्लो सात महिनामा विभिन्न देशबाट ५५ अर्ब ६५ करोड २९ लाख ९६ हजार रुपैयाँको कच्चा पाम, भटमास र सनफ्लावर तेल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि माघ मसान्तसम्मको अवधिमा उक्त कच्चा तेल नेपाल भित्रिएको हो।नेपालले अर्जेन्टिना, ब्राजिल,युक्रेन, इन्डोनेसिया लगायतका देशबाट कच्चा पाम,भटमास र सनफ्लावर तेल ल्याई प्रशाधन गरेर विभिन्न देशमा निर्यात गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्