कोरोना महामारी नियन्त्रण गर्न दुई वर्षमा ३२ अर्ब ६२ करोडभन्दा बढी खर्च
काठमाडौं, १४ फागुन। सरकारले कोरोना महमारी नियन्त्रण तथा रोकथाम गर्न दुई वर्षमा ३२ अर्ब ६२ करोड १८ लाख रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ अर्ब ५४ करोड ३९ लाख र २०७७/७८ मा १९अर्ब ७करोड ७९लाख रुपैयाँ खर्च भएको छ। महालेखाको ‘कोभिड–१९ को व्यवस्थापन सम्बन्धी विशेष लेखारीक्षण प्रतिवेदन,२०७९’ मा उक्त कुरा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्