प्रधानमन्त्री दाहाल अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन फागुन १९ गते कतार जाने
काठमाडौं, १४ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन कतार जाने भएका छन्। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल फागुन १९ गते कतारको दोहा प्रस्थान गर्नेछन्। सम्मेलनमा सहभागी हुने विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग प्रधानमन्त्री दाहालले द्धिपक्षीय भेटवार्ता गर्ने उनले जनाइन्। प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश पर्कनेछन्।
प्रतिक्रिया दिनुहोस्