टर्की भूकम्पः कमसल घर निर्माण गर्ने ६ सयभन्दा बढी ठेकदारमाथि छानबिन, कयौं पक्राउ
अंकारा, १४ फागुन। टर्कीको सरकारले फेब्रुअरी ६ का दिन आएको भूकम्पका कारण भत्केका घर निर्माण गर्ने ६ सयभन्दा बढी व्यक्ति तथा ठेकेदारमाथि छानबिन सुरु गरेको छ। न्यायमन्त्री बेकिर बोजदागका अनुसार यस्ता १८४ जनालाई पक्राउ गरिसकिएको छ। आर्थिक अनियमितताका कारण मापदण्ड विपरित भवन निर्माण हुँदा भूकम्पले ठूलो जनधनको क्षति गरेको विवरणहरु सार्वजनिक भएपछि टर्की सरकारले छानविन अघि बढाएको हो।
प्रतिक्रिया दिनुहोस्