परराष्ट्रमन्त्री पौड्याल मानव अधिकार परिषदको बैठकमा भाग लिन आज जेनेभा जाँदै
काठमाडौं, १४ फागुन। परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आज जेनेभा जाने भएकी छन्। बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ‘हाम्रो उपस्थिति अत्यन्तै महत्वपूर्ण हुनेछ। हामीले यस क्षेत्रमा राम्रो काम गरेका छौं,’परराष्ट्रमन्त्री पौड्यालले भनिन्। बैठकमा भाग लिएर उनी अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन कतार आउनेछिन्।
प्रतिक्रिया दिनुहोस्