गण्डकी प्रदेशका तत्कालिन भौतिक सविच ईश्वर चन्द्र मरहट्टविरुद्ध भ्रष्टाचार मुद्दा, ५ करोड ४५ लाख बिगो दाबी
काठमाडौं, १४ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। गोरखा नगरपालिका–३मा दरौदी नदी माथि बाटो नभएको स्थानमा पुल निर्माण गर्दा अनियमितता गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।दायर गरेको मुद्दामा मरहट्टासँग ५करोड ४५लाख ५२हजार ६७१रुपैयाँ बिगो दाबी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्