नेप्से परिसूचक ४.५५ अंकले वृद्धि, २ अर्ब ५२ करोडभन्दा बढीको कारोबार
काठमाडौं, १४ फागुन। साताको पहिलो कारोकारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा पुगेको छ। आइतबार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँमा कारोबार भएको छ।नेप्सेका ५ उपसमूहको परिसूचक नकारात्मक र ८ उपसमूहको परिसूचकमा सकारात्मक देखिएको छ।
प्रतिक्रिया दिनुहोस्