युक्रेनका राष्ट्रपति जेलेन्स्की चीनको शान्ति योजना बुझ्न सी चिनफिङलाई भेट्न चाहन्छन् किभ, १४ फागुन। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य गर्ने बेइजिङको प्रस्तावबारे छलफल गर्न चीनका राष्ट्रपति सी चिनफिङलाइए भेट्ने योजना बनाएको बताएका छन्। उनले भिम आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रस्तावले चीन शान्तिको खोजीमा रहेको बताए।‘म साँच्चै विश्वास गर्न चाहन्छु कि चीनले रुसलाई हतियार प्रदान गर्दैन,’उनले भने।चीनको योजनाले शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गनुपर्ने उनले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्