राप्रपाका मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा, प्रधानमन्त्रीको काँधमा अब ८ मन्त्रालय काठमाडौं, १४ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, सहरी विकास मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने गरी तोकेकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का तीन जना मन्त्रीले शनिबार पदबाट राजीनामा गरेपछि राष्ट्रपतिले आज उनीहरुले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी हुन्।योसँगै ८ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालको काँधमा परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्