माओवादी–एमालेबीच बढ्दो तनावः प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री पौड्याललाई जेनेभा जानबाट रोके काठमाडौं, १४ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीट्जरल्याण्ड प्रस्थान गर्नैलाग्दा परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याललाई रोकेका छन्। मन्त्री पौड्याल संयक्तु राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा जान लागेकी थिइन्। राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा(माओवादी केन्द्र) र नेकपा एमालेबीच दूरी बढेपछि प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोकेका हुन्। परराष्ट्रमन्त्रीले आज नै पत्रकार सम्मेलन गरी आफू जेनेभा जान लागेको बताएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्