अभिनेता पल शाहले पाए बाल यौन दुरुपयोग मुद्दामा सफाइ, भोली रिहा हुने काठमाडौं, १४ फागुन। उच्च अदालत पोखराले अभिनेता पल शाहलाई नाबालिग बलात्कार मुद्दामा सफाइ दिएको छ।न्यायाधीश श्रीधरा कुमारी पुडासैनी र डिल्लीराज आचार्यको इजलासले उनलाई अभियोग दाबी नपुग्ने भन्दै आज सफाइ दिएको शाहका कानुन व्यवसायीले बताएका छन्।उनी सोमबार तनहुँ कारागारबाट रिहा हुने जनाइएको छ।जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगको आरोपमा साढे २वर्ष कैद र पीडितलाई १०लाख रुपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्