क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दाको सुनुवाई हुँदै काठमाडौं, १५ फागुन। क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने र महान्यायाधिवक्ता कार्यालयबाट दर्ता भएको मुद्दाको सुनुवाई आज हुँदैछ। आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ नसकिएपछि आज पुनः सुनुवाइ हुन लागको हो। बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दायर गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्