अभिनेता पल शाह एक वर्षपछि तनहुँ कारागारबाट भए रिहा काठमाडौं, १५ फागुन। अभिनेता पल शाह एक वर्षपछि जिल्ला कारागार तनहुँबाट आज रिहा भएका छन्।आइतबार उच्च अदालत पोखराले बाल यौन दुरुपयोग मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै उनलाई सफाइ दिएको थियो।जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगको आरोपमा साढे २वर्ष कैद र पीडितलाई १०लाख रुपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो।रिहा भएका अभिनेता शाहलाई उनका प्रशंषकहरुले फूलमाला र अबिर लगाएर स्वागत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्