एमालेले गर्यो सरकारबाट बाहिरिने निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने
काठमाडौं, १५ फागुन। नेकपा एमालेले सरकाबारबाट बाहिरिने निर्णय गरेको छ। ललितपुरस्थित पार्टी कार्यालयमा एमालेको आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने र आइतबार परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याललाई अन्तिम समयमा जेनेभा जानबाट रोकेपछि एमालेले उक्त निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्