रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिमा भने अनिर्णित काठमाडौं, १५ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ। सोमवार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। बैठकले राष्ट्रपति निर्वाचनका कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइ नसकेको उनले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्