जेनेभा भ्रमणबारे सरकारको निर्णयमा कानूनी वैधतामाथि मन्त्री पौड्यालको प्रश्न
काठमाडौं, १५ फागुन। परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्वकानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई पठाउने सरकारको निर्णयको कानूनी वैधता माथि प्रश्न उठाएकी छन्।सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो नेतृत्वमा ५सदस्यीय टोली आइतवार जेनेभा जाने तय भएपनि प्रधानमन्त्रीको निर्देशनअनुसार आफू रोकिएको बताइन्।कार्यकारीले नेतृत्व गर्ने टोलीमा विज्ञले नेतृत्व गरेको भन्दै उनले प्रश्न उठाएकी हुन्।
प्रतिक्रिया दिनुहोस्