पपुवा न्युगिनीले नेपाललाई दियो २०४ रनको लक्ष्य काठमाडौं, १५ फागुन। आईसीसी पुरुष क्रिेकट वल्र्डकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज भएको खेलमा पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जित्दै पहिला फिल्डिङ रोजेको थियो। निर्धारित ५० ओभरको खेलमा पीएनजीले ९ विकेटको क्षतिमा २०३ रन जोडेको थियो।खेलमा नेपालमा गुलसन झाले ३,कुशल मल्लले २ र सोमपाल कामी,करन केसी र प्रतिस जिसीले एक/एक विकेट लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्