एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
काठमाडौं, १५ फागुन। नेकपा एमालेका मन्त्रीहरुले आज प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन्।आज बसेको एमाले सचिवालय बैठकले सरकारबाट फिर्ता र समर्थन पनि फिर्ता लिने निर्णय गरेपछि मन्त्रीहरु बालुवाटार गएर राजीनामा बुझाएका हुन्।राष्ट्रपतिको उम्मेदवारमा नेकपा(माओवादी केन्द्र)ले कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेपछि माओवादी र एमालेको दुरी बढेको थियो।प्रधानमन्त्रीले आइतबार परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याललाई जेनेभा जानैलाग्दा रोकेपछि एमालेले मन्त्रीहरु फिर्ता गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्