राज्यकोषबाट आर्थिक सहायताका नाममा ठूलो रकम लिनेमा भुटानी शरणार्थी नेतादेखि पूर्व राष्ट्रपतिसम्म
काठमाडौं, १५ फागुन। चालु आर्थिक वर्ष २०७९/८०को सात महिना(साउन–माघ)मा राज्यकोषबाट आर्थिक सहायताको नाममा ठूलो रकम बुझ्नेमा भूटानी करणार्थी नेतादेखि नेपालका पूर्व राष्ट्रपतिसम्म रहेका छन्। अर्थ मन्त्रालयका अनुसार सो अवधिमा पूर्वराष्ट्रपति डा.रामवरण यादवले औषधि उपचारको लागि भन्दै २५लाख रुपैयाँ बुझेका छन्।सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २०लाख रुपैयाँ, भुटानी शरणार्थी नेता टेनाथा रिजाललाई २७लाख रुपैयाँ र होमनाथ दाहाललाई १०लाख रुपैयाँ दिएको छ।
प्रतिक्रिया दिनुहोस्