सर्वोच्च अदालतले दियो क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति, थुनामा पनि बस्नु नपर्ने
काठमाडौं, १५ फागुन। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश खेल्न जान अनुमति दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सोमबार उक्त अनुमति दिएको हो। क्रिकेटर लामिछानेले विदेशी भूमिमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले सन्दीपलाई थुनामा राख्नु नपर्ने समेत फैसला गरेको छ।
प्रतिक्रिया दिनुहोस्