सुनको मुल्य प्रतितोला पाँच सयले वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, १७ फागुन। बुधबार सुनचाँदीको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो। यसअनुसार छापावाला सुनको मुल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख १ हजार ८०० रुपैयाँ कायम गरिएको छ। यसैगरि चाँदीको मुल्य १५ रुपैयाँले बढ्दा प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्