कांग्रेस र एमाले दुवैले ‘प्रतिपक्ष’मा बस्ने दाबी गरेपछि प्रतिनिधि सभा बैठक सर्यो, अब उपराष्ट्रपति निर्वाचनपछि बस्ने काठमाडौं, १७ फागुन। नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षमा बस्ने दाबी गरेपछि बुधबार १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सारिएको छ। बैठक अब उपराष्ट्रपतिको निर्वाचनपछि अर्थात चैत ५ गतेलाई राखिएको संसद सचिवालयले जनाएको छ। संसदका महासचिव डा.भरतराज गौतमले आज एक सूचना प्रकाशित गरी प्रतिनिधि सभाको बैठक सरेको जानकारी गराएका हुन्।जारी सूचनामा विशेष कारणले संसद बैठक सारिएको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्