पृथ्वी शाह र उनको समूहमाथि ठगीसम्बन्धि चार वटा मुद्धा लगाउनुपर्ने सीआइवीको सुझाव काठमाडौं, १७ फागुन। चालीस लाख अमेरिकी डलर ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउनुपर्ने भएको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो(सीआईवी)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखत सम्बन्धि कसूर,सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्धा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्