नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनले सांसदहरुलाई प्रशिक्षण दिँदै
काठमाडौं, १८ फागुन। नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनले आज अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो १ बजे तीनकुनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको छ। प्रशिक्षण कार्यक्रममा कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा(एकीकृत समाजवादी),जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्