उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवले गरे कमलविनायक–नगरकोट सडकको अनुगमन काठमाडौं, १८ फागुन। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालको लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कमलविनायक–नगरकोट सडकको संयुक्तरुपमा अनुगमन गरेका छन्।बिहीबार बिहान गरिएको अनुगमनमा उनीहरूको साथमा मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि पनि सँगै रहेका थिए।केही दिनअघि उपप्रधानमन्त्री श्रेष्ठ र नेपालको लागि चिनियाँ राजदूतले चक्रपथको अनुगमन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्