सात महिनामा ६ अर्बभन्दा बढीको इलेक्ट्रिक सवारीसाधन नेपाल भित्रिए
काठमाडौं, १८ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ)मा नेपालले ६ अर्ब १३ करोड ४८ लाख ८९ हजार रुपैयाँको इलेक्ट्रिक (विद्युतिय) सवारीसाधन आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ६ हजार ८२९ वटा विद्युतिय सवारीसाधन नेपाल भित्रिएको छ। सो अवधिमा विद्युतिय कार मात्र ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँको नेपालले आयात गरेको छ।
प्रतिक्रिया दिनुहोस्