एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भेटे एकीकृत समाजवादीका अध्यक्ष नेपाल
काठमाडौं, १८ फागुन। नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा(एकीकृत समजावादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। बिहीवार भएको भेटमा उनले राष्ट्रपतिमा आफूलाई सघाउन अनुरोध गरेका थिए। भेटमा नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल रहेका थिए। एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्