यूएईले दियो नेपाललाई २०८ रनको लक्ष्य, सन्दीप लामिछानेले लिए तीन विकेट
काठमाडौं, १८ फागुन। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिदेशिय सिरिज अन्तर्गत आज भएको खेलमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। निर्धारित ५०ओभरको खेलमा यूएईले आफ्नो होम ग्राउण्डमा ८ विकेट गुमाई २०७ रन जोडेको थियो।यूएईको लागि सबैभन्दा बढी असिफ खानले ७२ रन जोडेका थिए।खेलमा नेपालका सन्दीप लामिछानेले ३ र करन केसी, आरिफ शेख र कुशल मल्लले १/१ विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस्