अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट काठमाडौं, १८ फागुन। अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेपछि नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेको छ। चीनको चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिष्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड जितेको बिहीवार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।बोर्डले नेपालमा उत्पादित १६वटा चियाको नमूना परीक्षणमा पठाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्