आईसीसी पुरुष विश्वकप लिग–२ः आज नेपाल र पपुवा न्युगिनी भिड्दै
काठमाडौं, १९ फागुन। युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी पुरुष विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ। नेपाल र पीएनजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुनेछ। यसअघि सोमवार भएको खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो। नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्