बागमती प्रदेश सांसदहरुलाई ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रम
काठमाडौं, १९ फागुन। आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिँदै छ। राष्ट्रपतिको निर्वाचनमा पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ।बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेश सभा सदस्यका लागि नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिँदैछ।
प्रतिक्रिया दिनुहोस्