जलवायु परिवर्तनले आयुर्वेदिक औषधिमा असर परिरहेको छः प्रधानमन्त्री दाहाल
काठमाडौं, १९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्। शुक्रवारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि जनाए। पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्न समस्याहरु परिरहेको भन्दै त्यसलाई न्युनिकरण गर्ने बाटोमा जान आवश्यक रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्