मिडियाहरु विशेष नेता र चर्चामा आएका विषयको पछाडि मात्रै दौडिएः सभामुख घिमिरे
काठमाडौं, १९ फागुन। सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका छन्।शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिलाहरुको सक्रियता र सहभागिता बढीरहेको भएपनि सञ्चार माध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको जनाए। सञ्चार माध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको आरोप उनले लगाए।सञ्चार माध्यमहरुले विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्