सुविधा खोज्दै उपसभामुख राना, भनिन्– पुरुष उपसभामुख हुँदा आर्मी दिन्थ्यो रे, मन्त्रीसरह सुविधा हुन्थ्यो रे
काठमाडौं, १९ फागुन। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन्। ‘पहिला पुरुष उपसभामुख हुँदा आर्मी दिन्थ्यो रे। उहाँहरुलाई चाँही मन्त्री सरह सुविधा हुन्थ्यो रे। उपसभामुखलाई घर दिने भनिएको छ, दिइएको छैन। ३६ हजार रुपैयाँ निवास भाडा दिइएको छ। आफू ४४ हजार रुपैयाँ तिरेर बस्नु परेको छ,’ शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्।
प्रतिक्रिया दिनुहोस्